जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढाले हङकङमा आयोजित १०० किलोमिटरको अल्ट्रा म्याराथन जितेर इतिहास रचेकी छिन्| उनको यो जित मात्र प्रतिस्पर्धा जितेसंम सिमित छैन उनले सम्पूर्ण कोर्सको रेकर्ड तोडेर नयाँ उचाईमा आफ्नो नाम लेखाउन सफल भएकी छिन्|