समाचार
E-Beading गरिएका तपशिलका ठेक्काहरुको सूचनामा केहि परिवर्न गरिएको जानकारिका लागि
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकाले यही २०७५।१०।२३ गते गरिएको ई-विडिङ् ठेक्का प्रक्रियाको सूचनामा केही परिवर्तन भएको व्यहोरा जानकारी गरिन्छ । यसका लागि तपशिलको पत्रिकको सूचना हेर्नु होला ।
