FAQs Complain Problems

समाचार

वडा नम्बर ३

साविकको छुमचौर  गा. वि. स. का सम्पूर्ण वडाहरु १ देखि ९ नौ सम्म मिलेर हालको पातारासी गाउँपालिकाको वडा नं ३ बनेको छ  । यस वडामा महरी गाउँ हुरी गाउँ छुमगाउँ लोडचौर चौर गाउँ र भोटे वस्ति रहेका छन् ।यस क्षेत्रको मुख्य पेशाको रुपमा पशु पालन र कृषिलाई नै लिन सकिन्छ भने यस क्षेत्रका मानिसहरुले जडिबुटी संकलन र व्यापारबाट पनि केहि रकमा आम्दानीका रुपमा प्राप्त गर्दछन । विश्वको सबैभन्दा उच्चस्थानमा धान फल्ने जिउलो छुमचौर जिउलोमा मार्सी धान फल्दछ भने हाइअल्टिच्यूट ट्रेनिङ इन्सिच्यूट पनि यस वडाको लोटचौरमा निर्माण हुने भएको छ । पातारासी गाउँपालिकाको घरपरिवार सर्वेक्षण २०७५ अनुसार यस वडाको घरधुरी ५७६ र जनसंख्या ३३६८ रहेको ५ । यस वडाको वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा रहेको छ । यस वडामा एउटा माध्यामिक विद्यालय र २ वटा आधारभूत विद्यालयहरु रहेका छन भने एउटा स्वास्थ्यचौकि रहेको र टढाको वस्ती हुरी र महरी गाउँलाइ लक्षित गरि ०७८ सालमा सामूदायिक स्वास्थ्य इकाइ पनि स्थापना गरिएको छ । यस क्षेत्रमा विभिन्न भाषा र धर्मका मानिसहरु मिलेर बसोबास गर्दै आइरहेका छन । हाल आएर यहाँका मानिसहरु स्याउ खेति र ओखर खेति प्रति आकर्षि हुँदैगइरहेका छन् । कृषि योग्यय जमिनका हिसावले सम्पन्न यस वडा खाद्यान्नमा आत्मनिर्भर देखिन्छ । वडाको उत्तर तिरको सीमनाले पातारासी गाउँपालिकाको उत्तरी सीमालाई प्रतिनिधित्व गर्दछ जुन मुगु जिल्लासँग जोडिएको छ । प्राकृतिक रुपमा पनि यस क्षेत्रका श्रोत र साधनलाई प्रयोग गर्न सकिएमा यो क्षेत्रले पर्यटनबाट पनि लाभ लिन सक्ने देखिन्छ । हुरीगाडखोलामा निकालिएको लघुजल विद्युतले हुरिगाउँ र छुमगाउँ झिलिमिलि देखिन्छ भने महरी गाउँमा रिप संस्थाको सहयोगमा आधुनिक भूमिगत लघुजल विद्युत बाट गाउँझिलिमिलि भएको छ भने खपत नहुने समयको विद्युत बाट दुर्इ ठाउँमा तातोपानिका ट्याङ्की निर्माण गरि नुहाउने र कपडा धुने काममा प्रयोग गरिएको छ । त्यसै गरि चौर गाउँमा विद्युत उत्पादन गृहा धेरै टाढा रहेको र कम उर्जा उत्पादन भएकोले समस्या रहेको छ ।यस वडाको चौर गाउँ गाइबारा खोलाको कटान बाट प्रभावित छ र वस्ती स्थानान्तरणको लागि डिपिआर भइ सकेको छ ।

निवर्तमान दाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री बृर्षराम बोहोरा          ने क पा        सम्पर्क नं ९८६६५३६१५६

वडा सदस्य श्री गोर बहादुर बुढा        ने क पा         सम्पर्क नं ९७४८९१२३८८

वडा सदस्य श्री सुम बुढा                  ने क पा             सम्पर्क नं ९८४८१७५४८४

महिला वडा सदस्य श्री रुपा रावत      ने क पा            सम्पर्क नं ९७४८१६४७३२

नवनिर्वाचित  पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री गोविन्द रावत          ने क पा माओवादी केन्द्र        सम्पर्क नं ९८६४९३३३२५

वडा सदस्य श्री तिल बहादुर बुढा      नेपाली कँग्रेस        सम्पर्क नं  

महिला सदस्य श्री  चुचे रावत     नेपाली कँग्रेस            सम्पर्क नं  

 सदस्य श्री रण बहादुर महतारा      ने क पा माओवादी केन्द्र     सम्पर्क नं  

कर्मचारी हरुको विवरण -वडा सचिव श्री नरेन्द्र भण्डारी  , सहायक  श्री भुवन रावत ,सामाजिक परिचालक श्री ललिता बोहोरा ,का स श्री कर्ण  बोहोरा ।

भौगोलिक अवस्थिति : अक्षांश : 290 18'58.74" र  देशान्तर : 820 20'41.37"

Google Plus Code : 7MX4888V+HW

सम्पर्क व्यक्ति : नरेन्द्र भण्डारी (वडा सचिव) सम्पर्क नं ९८४८३०२११९

Population: 
३३६८
Ward Contact Number: 
९७४८०७८९१०