समाचार
वडा नम्बर ५
साविकको डिल्लीचौर गा वि स को वडा नं १, २, ३ र ४ वडाहरु मिलेर हालको पातारासी गाउँपालिकाको वडा नं ५ बनेको छ । यस वडाको वडा कार्यालय पानीधारा भन्ने स्थानमा एउटा निजी घर भाडामा लिएर सञ्चालन गरिएको छ । यस वडाले यस गाउँपालिकाको कुल क्षेत्रफलको ४.६१ प्रतिशत अर्थात ३७.५२ वर्ग किमि भूभाग ओगटेको छ । यो वडा यस गाउँपालिकाको भौगोलिक रुपमा सबैभन्दा सानो वडा पनि हो । सदरमुकाम बाट करीब १० कि मि पूर्वमा रहेको छ । यहाँको घरधुरी संख्या ३६८ रहेको छ भने कुल जनसंख्या १९०८ रहेको छ । यस वडामा विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिका मानिसहरु बसोबास गर्दछन तर दलित समुदायको बसोबास छैन ।यस वडामा श्री शंकर आ वि लोर्पा हाल मा वि र ज्योति आ वि जप्ना गरी २ वटा आधारभूत विद्यालय र सामूदायिक स्वास्थ्य केन्द्र रहेका छन । लासी बजार क्षेत्र यस क्षेत्रको मुख्या व्यापारीक क्षेत्र हो । यस क्षेत्रको मुख्य बालीको रुपमा मकै, कोदो, फापर, आलु, जौ लाई लिइन्छ । साथै तरकारी उत्पादनको लागि पनि यो क्षेत्र उपयुुक्त रहेको छ । यस क्षत्रेको मुख्या पेशा कृषि तथा पशुपालन हो भने यहाँका मानिसहरुले पाटनमा गएर यार्सा, वन लसुन जस्ता अन्या जडीबुटीहरु संकलन तथा व्यापारबाट आफ्नो घरव्यावहार चलाउँदै आएका छन । यस वडाको तली लोर्पामा १२ मेगावाटको जवा नदि जलविद्युत आयोजना को डिपिआर सम्पन्न भइ कार्यान्वयन हुन बाँकी रहेको छ ।
निवर्तमान पदाधिकारीहरुको विवरण
वडा अध्यक्ष श्री डिल बहादुर बुढा ने का सम्पर्क नं ९८६८०८७०५७।९७४८६२९५६१
वडा सदस्य श्री लक्ष्मण बुढा ने का सम्पर्क नं ९७४८९११४४२
श्री पूर्ण बहादुर बुढा ने का सम्पर्क नं ९७४८९४०६५१
श्री जालकला बुढा महिला सदस्य ने का सम्पर्क नं ९८४९३६२२५०
नव निर्वाचित पदाधिकारीहरुको विवरण
वडा अध्यक्ष श्री दत्त बहादुर बुढा ने का सम्पर्क नं ९८४८३८२७८५
वडा सदस्य श्री धनसुर बुढा ने का सम्पर्क नं ९८४७६३९१२९
श्री सुन्दर खत्री ने का सम्पर्क नं ९८४८६६८३६५
श्री भौरा बुढा महिला सदस्य ने का सम्पर्क नं ९८६६७७३६०२
कर्मचारीहरुको विवरण- वडा सचिव श्री बृर्ष बहादुर बुढा, सव इन्जिनियर श्री छत्र बहादुर बुढा ,अ स इ लोक बहादुर भण्डारी ,सामाजिक परिचालक श्री हर्क बहादुर बुढा ,का स श्री हर्क बहादुर बुढा।
भौगोलिक अवस्थिति : अक्षांश : 290 18'42.87" र देशान्तर : 82016'2.46"
Google Plus Code : 7MX48768+PV
सम्पर्क व्यक्ति : वृर्ख बहादुर बुढा सम्पर्क नं ९८४८३९५२१७,९८४८३९५२१७