FAQs Complain Problems

समाचार

वडा नम्बर २

साविकको पातारासी गा. वि. स. को वडा नं १, २, ३, ४ र ५ मिलेर यस पातारासी गाउँपालिकको वडा नं २ बनेको छ । यस वडाले पातारासी गाउँपालिकाको कुल भूभागको २३.७८ प्रतिशत भूगोल ओगटेको छ । यस क्षेत्रको मुख्या पेशा पशु पालन र कृषि हो भने यहाँको वन जङ्गलबाट विभिन्न किसिमका जडिबुटीहरुको संकलन र व्यापारबाट यस क्षेत्रका जनताको आम्दानिमा सहयोग पुगेको छ । कायामोक्ष मन्दिर, तालकोट मैदान तथा वनभोज स्थल यस क्षेत्रका पर्यटकीय स्थल हुन । यस वडाको शिक्षाको धरोहरको रुपमा सरस्वती माध्यामिक विद्यालय रहेको छ भने पातारासी भ्यू बोर्डिङ स्कुल निजी शैक्षिक संस्थाका रुपमा सञ्चालनमा रहेको छ । यस वडाको वडा कार्यालय आफ्नै नयाँ भवनमा ०८० श्रावणबाट सञ्चालन हुँदै आएको छ  । घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडामा ५३१ घरधुरी रहेको छ भने ३०२४ जनसंख्या रहेको छ। यस वडामा हिन्दू,  बौद्ध र ईसाई धर्मावलम्वीहरु मिलेर बसोबास गर्दै आइरहेको पाइन्छ । यस क्षेत्रको मुख्या बालिका रुपमा मकै, गहुँ, फापर, आलु,जौ, कोदो आदि लागाउने गरेको पाइन्छ । यहाँको भौगोलिक अवस्थालाई  हेर्ने हो भने सम्म परेको तराइको फाँट जस्तै जमिन  मिलेको छ ।साथै यसै वडामा एउटा जटामसी भुल्ते प्रशोधन उद्योग रहेको छ भने २०७६ भदौ २० देखि २१ गते सम्म सामूदायिक वन राष्ट्रिय महासंघ केन्द्रिय कार्य मितिको  बैठक सम्पन्न हुँदा पालिकाको महत्वपूर्ण सहयोग रहेको  थियो । अरु वडामा जस्तै यस वडामा पनि हुरीगाड लघु जलविद्युत आयोजना रहेको छ ।

निवर्पतमान दाधिकारीहरुको विवरण

वडा अध्यक्ष श्री कन्न बोहोरा   ने क पा मओवादी  सम्पर्क नं ९७४८९१४४७८ वडा सदस्य श्री बल बहादुर बोहोरा   ने क पा मओवादी  महिला सदस्य श्री काली बोहोरा    ने क पा मओवादी  सम्पर्क नं ९७४८९०८३६१ दलित महिला सदस्य श्री हिमाली नेपाली ने क पा माओवादी  जिल्ला समन्वय सदस्यमा निर्वाचित वडा सदसय श्री काली बहादुर सार्की  ने क पा माओवादी  सम्पर्क नं ९७४८६३६३०८

नवनिर्वाचित पदाधिकारीहरुको विवरण

वडा अध्यक्ष श्री बल बहादुर बोहोरा नेपाली काँग्रेस सम्पर्क नं ९७६५३६७७२५

म स श्री कमला बुढा नेपाली काँग्रेस

द म स श्री पानकली कामी नेपाली काँग्रेस

सदस्य श्री मान बहादुर बुढा नेपाली काँग्रेस

सदस्य श्री  सुकविरे कामी ने क पा माओवादी 

कर्मचारी विवरण -वडा सचिव श्री जन बोहोरा ,अ. स. इ .श्री बृख नेपाली, सामाजिक परिचालक श्री अमृता बोहोरा ,का. स.श्री डबल बोहोरा 

भौगोलिक अवस्थिति : अक्षांश : 290 18'0.40" र  देशान्तर : 820 20'39.28"

Google Plus Code : 7MX48923+53

सम्पर्क व्यक्ति : जन बहादुर बोहोरा 

Population: 
३०२४
Ward Contact Number: 
९७४८९१४४७८