समाचार
पातारासी गाउँपालिकाको संक्षिप्त परिचय
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकाको संक्षिप्त परिचय
साविकको नेपाल अधिराज्यको मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्यको एक जुम्ला जिल्लाको उत्तर पूर्वी क्षेत्रका साविकका चार गाउँ विकास समितिहरु पातारासी, छुमचौर, डिल्लीचौर र पटमाराको संयोजन भई हाल कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये पातारासी गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । भौगोलिक रुपमा विकट र दुर्गम भएतापनि पातारासी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । पर्वतारोहण अवलोकन भ्रमण र जडिबुटी संकलन दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावना बोकेको पातारासी हिमालको नामबाट पातारासी गाउँपालिका भनी यस स्थानीय तहको नामाकरण गरिएको हो । धानचौरी तातोपानी क्षेत्रमा पाईने मिश्रित जलस्रोत यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।