समाचार
पातारासी गाउँपालिकाको चौथो गाउँसभा तथा विषयगत समितिहरुको बैठक सम्बन्धी जरुरी सूचना
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकाको यहि महिनाको १० गते सु सम्पन्न हुन गइरहेको चौथो गाउँसभाको पूर्वतयारीका लागि विभिन्न वडा स्तरबाट छनोट भइ आएका योजना र सो सम्बन्धी बजेट विनियोजन सम्बन्धमा विषयगत समितिमा व्यापकर छलफल गर्नु पर्ने भएकाले सबै विषयगत समितिका संयोजक ज्यूहरु लगायतले सूचनामा उल्लेखित मितिमा उपस्थितिका लागि अुनरोध छ साथै १० गते हुने गाउँसभामा गाउँसभाका सदस्य ज्यूहरुको गरिमामय उपस्थितिका लागि यो सूचना प्रसार गरिएको छ । पत्र प्राप्त भएको भए यसै सूचनालाई आधारमानि उपस्थित भइदिनु हुन अनुरोध छ ।

