समाचार
निः शुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना !!!
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
"म स्वस्थ मेरो गाउँपालिका स्वस्थ मेरो देश स्वस्थ" भन्ने मूल नाराका साथ पातारासी गाउँपालिकाले मिति २०७६ बैशाख ११ र १२ गते यस गाउँपालिकामा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न गईरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको व्यहोरा अनुरोध छ । उक्त निः शुल्क शिवरमा उपस्थितभई स्वास्थ्य लाभ प्राप्त गर्नुहुन सबै गाउँपालिका बासीहरुमा अनुरोध छ । शिविरमा गाईनोकोलोजिस्ट र जनरलफिजिसियनद्वारा स्वास्थ्य जाँच गरिने व्यहोरा अनुरोध छ।
अध्यक्ष
पातारासी गाउँपालिका