FAQs Complain Problems

२०७५।१२।२२ गते यस गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ज्यू र प्राविधिकहरुद्वारा वडा नं ४ मा काम भईरहेका योजनाहरुको अनुगमनमा गरिदै।

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

यस गाउँपालिकाले गाउँपालिकाद्वारा बजेट विनियोजन भई काम भइरहेका सबै योजनाहरुको अनुगमन गरी अनुगमनको अन्तिम प्रतिवेदन नआएसम्म भुक्तानी नदिने भिन गाउँकार्यपालिकाबाट निर्णय भएबमोजिम यस गाउँपालिकाका सबै योजनाहरुको गाउँपालिकाका उपाध्यक्ष ज्यूको नेतृत्वमा एक अनुगमन समिति बनिसकेको छ र सोहि बमोजिम आज यस पातारासी गाउँपालिकाको वडा नं ४ स्थित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । सो अवसरमा कैद गरिएका केही तस्विरहरु पनि यसै साथ संलग्न रहेका छन्  ।

आर्थिक वर्ष:

//