FAQs Complain Problems

योजना सम्झौताको लागि आवश्यक कागजातहरु के के हुन ?

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

१. वडा प्रतिनिधी र सामाजिक परिचालकको रोहवरमा योजनाको उपभोक्ता समिति गठन गर्ने । २. योजना सम्झौताको लागि वडाको सिफारिस र उपभोक्ता समितिको निर्णय र छाप । ३. प्राबिधिक लागत स्टिमेट ।  ४. योजना उपभोक्ता समितिको पदाधिकारिहरुको नागरिकताको प्रतिलिपि । ५. योजनाको सम्झौता पत्र ।

 

//