समाचार
पातारासी गाउँपालिकाको विशेष शैक्षिक अभियान सम्बन्धमा ।
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकाले शिक्षा क्षेत्रमा विशेष सुधार गर्नका लागि तपशिलक मिति, समय र स्थानमा विशेष शैक्षिक अभियान सञ्चालन गर्न गइरहेकोले सम्पूर्ण शिक्षक, विद्यार्थी, जनप्रतिनिधी, बुद्धिजीवि, समाजसेवी, कर्मचारी, अभिभावक तथा सर्वसाधारण सबैको गरिमाय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
“छोराछोरीलाई जडिबुटी टिप्न पाटनमा होइन, उज्वल भविष्यको रेखा कोर्न विद्यालय पठाउँ”
गाउँपालिका स्तरीय विशेष शैक्षिक अभियान २०७५
स्थान र मितिः
१. श्री गंगा मा वि पेरे बैशाख ६ गते
२. श्री सरस्वती मा वि तल्फी बैशाख ७ गते
३. श्री मालिका मा वि लोटचौर बैशाख ८ गते
४. श्री ऋणमोक्ष मा वि डिल्लीचौर बैशाख ९ गते
आयोजकः पातारासी गाउँपालिका
डिल्लीचौर, लासी जुम्ला ।