समाचार
पातारासी गाउँपालिकाको तेस्रो गाउँसभामा उपस्थितभईदिने सम्बन्धी सूचना
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
मिति २०७५ साल चैत्र २६ गतेका दिन पातारासी गाउँपालिको तेस्रो गाउँसभा सम्पन्न हुन गइरहेकाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष ज्यूहरु सबै, कार्यपालिकाका सदस्य ज्यूहरु सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
पातारासी गाउँपालिका परिवार
