समाचार
पातारासी गाउँपालिकाका किसानहरुलाई मौसमि स्याउ खेतीको विमा गरेवापतको क्षतिको रकम उपलब्ध गरायो ।
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकाका विभिन्न वडाहरुका किसानहरुले स्याउको मौसमी विमा शिखर ईन्सुरेन्स कम्पनिमा मौसमी विमा गरेका थिए गत बर्षको चैत्र महिमा परेको असिनाको कारण स्याउको उत्पादनमा पूर्ण रुपमा क्षति भएपछि बिमा गरेका त्यहाँका किसानहरुले बिमा वापतको रकम प्राप्त गरेका हुन २०७५।१०।२० गते पातारासी गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूको प्रमुख आथित्य र जेष्ठ अगुवा किसान श्री कृष्ण बोहोरा ज्यूको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि शिखर ईन्सुरेन्स कम्पनि जुम्ला शाखाका बजार व्यावस्थापकले आफ्नो धारणा सहित कम्पनिको काम कार्वाहिको बारेमा धारणा राख्नु भएको थिय । त्यस्तै गाउँपालिका अध्यक्ष ज्यूले पनि किसानहरुले स्याउको बिमा गरेका कारण दैविक प्रकोप परेकाले राहात पाएको बताउनु भएको थियो र सबैलाई बिमा गरि यसरी प्राकृतिक प्रकोपबाट क्षति हुँदा केही राहात लिन आग्रह गर्नुका साथै यसमा गाउँपालिकाले पनि प्राविधिका तथा अन्य सहयोग गर्ने बताउनु भएको थियो । यस अवसरमा बोल्दै अध्यक्ष श्री लछिमन बोहोराले ईन्सुरेन्स कम्पनि र बिमा गर्नुहुने किसान तथा प्राविधिक सहयोग उपलब्ध गराउने पातरासी गाउँपालिका कृषि शाखा प्रमुख लछिराम महतलाई पनि धन्यवाद दिनुका साथै यसरी नै किसानको सहयोग गर्न सुझाव दिनु भयो । यस कार्यक्रममा उपस्थित किसानहरुले कम्तिमा ३ वटा रुखदेखि ३०० वटा रुखसम्मको प्रति बोट ४०५ रुपैयाँका दरले क्षतिपूर्तिवापतको रकम प्राप्त गरेका थिय । यस गाउँपालिकाका बिमा गरेका सम्पूर्ण किसानले जम्मा १ करोड २२ लाख रकम प्राप्त गरेको शिखर इन्सुरेन्स कम्पनिले बताएको छ ।


