समाचार
३ दिने लेखाप्रणाली सम्बन्धी तालिम सम्पन्न
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पाताारासी गाउँपालिकाको आयोजनामा चालु आ व २०७५।७६ को निर्धारित कार्यक्रम बमोजिम यस पातारासी गाउँपालिकाले विद्यालयको लेखाप्रणाली व्यवस्थापनमा देखिएको समस्यलाई समाधान गरी चुस्तदुरुस्त तथा पारदर्शी बनाउने उद्देश्यका साथ यस गाउँपालिकाको सभाहलमा मिति २०७५।१२।२७,२८ र २९ गते गाउँपालिका अन्तर्गतका विद्यालयहरुका प्रधानाध्यपक र लेखापाल/वि व्य स अध्यक्ष ज्यूहरुलाई ३ दिने अभिमूखीकरण तालिम सञ्चालन गरियो । उक्त कार्यक्रम अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रमलाई प्रभावकारी र उपलब्धी मूलक बनाउने उद्देश्यले विद्यालयको लेखाप्रणाली सम्बन्धी काम गर्नु भएका तथा सो विषयमा जानकार श्री कमल बहादुर शाही र दिपक न्यौपाने सरले प्रशिक्षकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरु सबैको सक्रिय सहभगिता रहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भएको सहभागीहरुको धारणा थियो । कार्यक्रमको उद्देश्यमाथी प्रकास पार्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेक बहादुर बुढ्थापा ज्यूले गाउँपालिकाले जुन उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको छ सो उद्देश्य प्राप्ती हुनेमा गाउँपालिका विश्वस्त छ । सो अवसरमा कैद गरिएका केही तस्विरहरु



