FAQs Complain Problems

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ज्यूको उपस्थितिमा एकीकृत योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

मिति २०७५ चैत्र ८ गते संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका उपसचिव श्री जिवलाल भुसाल तथा वातावरण बिद जिवन थापा को सहजीकरणमा पातारासी गाउँ पालिकामा सहभागितात्मक एकीकृत योजना तर्जुमा पद्धति बारे सम्पन्न गोष्ठी सम्पन्न भयो । उक्त अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आउनु भएका जीवन थापा ज्यूले वातावरण र यसले  मानव जीवनमा पारेको प्रवाभ र यसबाट बच्नका लागि हामीले अपनाउनु पर्ने सजकता र यस प्रतिको जिम्मेवारीको बारेमा पनि प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा लिइएका केही तस्विरहरु 

आर्थिक वर्ष:

//