FAQs Complain Problems

पातारासी गाउँपालिकामा CCTV Camera जडान

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

यस पातरासी गाउँपालिकालाई सूचना मैत्री बनाउन तथा गाउँपालकामा हुने विभिन्न किसिमका घटनाहरुको तथ्याङ्क राख्नका लागि मिति २०७५।१०।२० गते यस गाउँपालिकामा CCTV क्यामरा जडान गरियो । गाउँपालिकाले सूचना प्रविधि क्षेत्रमा छुट्टाएको रकमबाट गाउँपालिका तथा यस गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहेको उर्थू बजारमा CCTV Camer जडान गर्ने निर्णय कार्यपालिकाको मिति २०७५ पौष २७ गते भएबमोजिम गाउँपालिकाका मिति २०७५।१०।२० गते जडान गरियो भने उर्थू बजारमा अव लगतै जडान गरिने छ । 

आर्थिक वर्ष:

//