समाचार
पातारासी गाउँपालिकामा बैँक अफ काठमाण्डौ सञ्चालनमा आयो ।
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
नेपाल सरकारको प्रत्येक गाउँपालिकामा एउटा बैँक स्थपना गराउने लक्ष्य बमोजिम पातारासी गाउँपालिकामा बैँक अफ काठमाण्डौँको शाखा स्थापना गर्नु पर्ने भए बमोजिम ढिलै भएपनि मिति २०७५ चैत्र १३ गते पातारासी गाउँपालिका कार्यालय रहेको स्थान नजिकै लासी बजारमा एउटा निजि घरमा भाडामा लिइ गाउँपालिका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूले उद्घाटन गर्नु भयो । उक्त अवसरमा उहाँले ढिलै भएपनि गाउँपालिकामा बैँकको शाखा स्थापना भएकाले अब जनताले सानोतिनो बैँकको काम लिएर बजार जान नपर्नेर गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुको खाता पनि यसै बैँकमा खोल्न पाउने भएकाले समय र आर्थिक खर्च पनि बच्ने बताउनु भयो । उहाँले थप्नु भयो बैँकले आफ्नो सेवा प्रभावकारी रुपमा सञ्चालन गर्नेछ र यसका लागि गाउँपालिकाले पनि कुनै पनि प्रकारको सहयोग गर्नु पर्ने भएमा बैँकले अनुरोध गरे गाउँपालिका सधैँव सहयोग गर्न तयार रहेको कुरा बताउनु भएको छ । अब यस गाउँपालिका बासी तथा कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत खाता तथा अन्य खाता खोलि सबै प्रकारका बैँकिङ्ग कारोबार गर्न सक्नै छन् । उक्त अवसरमा बैँकका शाखा प्रमुखले पनि सेवाग्रहीलाई सक्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।



