समाचार
पातारासी गाउँपालिकामा उद्यम विकास अभिमूखीकरण कार्यक्रम सम्पन्न
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
घरेल तथा साना उद्योग विकास समिति जुम्लाको आर्थिक सहयोग र सांग्रीला एशोसियसन नेपालको आयोजनामा मिति २०७५।१२।२१ गते पातारासी गाउँपालिकाको भवनमा लघु उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडा अध्यक्षहरु, पातारासी गाउँपालिकाका सूचना अधिकारी, घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका प्रतिनिधि, सांग्रीला एशोसियसन जु्म्लाका कोषाध्यक्ष, कार्यक्रम संयोजक तथा लघु उद्यम विकास कार्यक्रमका संयोजक र लघु उद्यम सहजकर्ताको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा यो कार्यक्रमालाई गाउँपालिकाको कुनकुन वडामा लागु गर्ने भनि भएको छलफलबाट वडा नं २ र ३ मा लागु गर्ने सर्वसम्वत निर्णय गरियो भने उक्त कार्यक्रमका लागि ३०/३० जना जनजाती तथा दलित विपन्नहरुको छनोट गरि उनिहरुको आवश्यकताका आधारमा लघु उद्यम तालिम दिने निर्णय पनि सर्वसम्वत गरियो । उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तथा यस कार्यक्रमका सभापति श्री लछिमन बोहोरा ज्यूले यस कार्यक्रमले यहाँ दलित तथा विपन्न वर्गहरुलाई उद्यमशिल बन्न तालिमका साथै अन्य प्राविधिक सहयोग गरि उनीहरुको जीवनस्तरमा सुधार ल्याउन मह्त्त्वपूर्ण भूमिका खेल्ने यसका लागि गाउँपालिकाले पनि सहजिकारणका साथै अन्य सबै प्रकारका सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो भने कार्यक्रमको उद्देश्य र लक्ष्यमाथी सांग्रीला एशोसियसन नेपालका कार्यक्रम संयोजक श्री जय श्रेष्ठ ज्यूले प्रकाश पार्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापा ज्यूले कार्यक्रम आयोजक र आर्थिक सहयोग पुर्याउने घरेलु तथा साना उद्यग समिति जुम्लालाई धन्यवाद दिनुका साथै व्यवसाय गर्न सक्ने र लक्षित वर्गका न्यून आए भएकालाई यो अवसर प्रदान गरिदिनु हुन छनोट भएका वडाध्यक्ष ज्यूहरुलाई आग्रह पनि गर्नु भयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूको संयोजकत्वमा ५ सदस्यि गाउँ लघु उद्यम विकास समिति पनि गठन गरिएको थियो ।

