समाचार
पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न
पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न भएको छ । पातारासी गाउँपालका अध्यक्ष श्री लछिमन बोहाेरा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा पातारासी गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महतरा, सम्पूर्ण वाडाका वडा अध्यक्ष ज्यूहरु र अन्य सदस्यहरु, प्रमुख प्रशाकीय अधिकृत श्री राम बहादुर बुढा ज्यू लगायत अन्य सम्पूर्ण विषयगत शाखाका संयोजक ज्यूहरु र सामाजिक परिचालकहरुको संलग्नता रहेको थियो । उक्त गोष्ठीमा अागामी अा व मा कसरी कुन कुन याेजना बनाउने र यस गाउँपालिकामा विकासको गतिलाई अगाडि बढाउने भन्ने विषमा छलफल गरिएको थियो ।


