समाचार
गाउँसभाको मिति सरेको सम्बन्धमा अत्यन्त जरुरी सूचना ।
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
यस पातारासी गाउँपालिकाको गाउँसभा यहि चैत्र २६ गते हुने भनि जानकारी समेत गराईएकोमा विविध कारण वस उक्त उमयमा गाउँसभा हुन नसक्ने भएकोले सो गाउँसभा मिति २०७६ बैशाख ४ गते गर्ने भनि गाउँकार्यपालिकाको मिति २०७५।१२।२५ गतेको बैठकको निर्णय भएको व्यहोरा सबै गाउँसभा सदस्यहरु ज्यूको जानकारीका लागि यो सूचना जारी गरिएको छ । उक्त समयमा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रण गरिन्छ ।
पातारासी गाउँपालिका परिवार ।