समाचार
कृषि सेवा केन्द्र हस्तान्तरण
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
कृषि सेवा केन्द्र हस्तान्तरण
जिल्ला कृषि विकास कार्यालय जुम्ला अन्तर्गत रहेको डिल्लिचौर कृषि सेवा केन्द्र स्थानिय तह (पातारासी गाउँपालिका) लाई विधिवत रुपमा हस्तान्तरण गरियो । उक्त कार्यालयमा रहेको चल अचल सम्मति हस्तान्तरण गर्दै जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत श्री भरत प्रसाद कँडेल ज्यू तथा ग्रहण गर्दै गाउँपालिका अध्याक्ष श्री लछिमन बोहाेरा ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर बुढा ज्यू ।
