FAQs Complain Problems

समाचार

वडा नम्बर ७

साविकको पटमारा गा  वि स का वडा नं १, २, ४, ५ र ६ मिलेर हालको पातारासी गाउँपालिका वडा नं ७ बनेको छ । यस वडाको वडा कार्यालय हाल अस्थायी रुपमा वडा नं ६ को कार्यालय उर्थुचौतारामा रहेको भवनमा संयुक्त रुपमा सञ्चालन हुँदै आइरहेको छ । यस वडाले पातारासी गाउँपालिकाको कुल क्षेत्रफलको ३८५ प्रतिशत अर्थात ३१. ३४ वर्ग किमि क्षेत्रफल ओगटेको छ । पवित्र महारुद्र देवताको  मन्दिर यसै वडाको पटमारा गाउँमा अवस्थित छ र टाढा टाढाबाट मानिसहरु महारुद्र देवता मान्न आउँछन् ।पातारासी गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडामा ३८८ घरधुरी रहेको छ भने कुल जनसंख्या १८५३ रहेको छ । यस क्षेत्रको मुख्या पेशा पशु पालन तथा कृषि रहेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयले यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेको थियो । जुम्ला बजारका लागि अत्यधिक आलु लगायतका तरकारी यसै क्षेत्रबाट आपूर्ति गरिन्छ। यस वडामा विभिन्न जातजाती, भाषाभाषी र धर्म संस्कृतिका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा एउट माध्यामिक विद्यालय रहेको छ जहाँ कृषि विज्ञान प्राविधिक शिक्षा पनि सञ्चालन गरिएको छ  भने एउटा आधारभूत विद्यालय पनि  रहेको छ । यस वडाको सीमानाले पातारासी गाउँपालिकाको सीमानाका रुपमा चन्दनाथ नगरपालिका र कनकासन्दरी गाउँपालिकालाई पनि छुट्याएको छ ।  खाली पर्यटकीय क्षेत्र र पटमारा चुली करिब ४२५० मिटरको उचाइमा रहेको प्राकृतिक भ्युटावर पनि यसै वडामा पर्दछ । पटमारा चुलीबाट चरैतिरको मनोरम दृष्य देखिनुका साथै खलङ्गा बजार पुरै देखिन्छ। यस वडाको पटमारा गाउँमा दुइ वटा सामुदायिक होम स्टे सथापना भएका छन् ।

निवर्तमान पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री लाल बहादुर बुढा   ने क पा एमाले सम्पर्क नं ९८६८४८५००८।९७४८९०८५०५

वडा सदस्य श्री जन बहादुर थापा    ने क पा एमाले  सम्पर्क नं ९७४८१६७४७६

महिला सदस्य श्री माया बुढा खड्का  ने क पा एमाले सम्पर्क नं ९८६४८६८३७७

वडा सदस्य रण बहादुर खड्का      ने क पा एमाले सम्पर्क नं ९७४८९३४८८३

नव निर्वाचित पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री विर बहादुर बुढा  नेपाली काँग्रेस सम्पर्क नं ९७४८९०६१८३

वडा सदस्य श्री रुद्रलाल थापा   ने क पा माओवादी केन्द्र  सम्पर्क नं  

महिला सदस्य श्री चुटुकला  खड्का  ने क पा माओवादी केन्द्र सम्पर्क नं  

वडा सदस्य श्री खड्कसिंह खड्का     ने क पा माओवादी केन्द्र सम्पर्क नं  

दलित महिला सदस्य श्री लालसरी सुनार ने क पा समाजवादी केन्द्र निर्विरोध निर्वाचित तथा कार्यपालिकामा निर्वाचित सम्पर्क नं 

कर्मचारी विवरण -वडा सचिव श्री शिव प्रसाद धिताल ,खा.पा.स.टे. श्री भैरब बहादुर शाही, सामाजिक परिचालक श्री राज कुमार रावत, का स श्री मिन बहादुर बुढा .

भौगोलिक अवस्थिति : अक्षांश : 290 18'14.88"देशान्तर : 820 13'42.68"

Google Plus Code : 7MX4863H+R9

सम्पर्क व्यक्ति : शिव प्रसाद धिताल ९८६६००६११५

Population: 
१८५३
Ward Contact Number: 
९७४८९०८५०३