FAQs Complain Problems

पातारासी गाउँपालिकामा आ व २०७४।०७५ को वार्षिक समिक्षा गोष्ठी

पातारासी गाउँपालिकामा आ. व. २०७४।०७५ को वार्षिक समिक्षा सम्पन्न भएको छ  । उक अवसरमा गाउँपालिकामा उक्त आ व मा सम्पान्न भएका योजना तथा विनियोन गरिएको बजेट तथा कार्यक्रम र प्रगतिहरुको संक्षिप्त जानकारी प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर बुढा ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा कमेन्टहरुको बारेमा सम्बोधन गाउँपालकाका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न तहतप्काका व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा  विभिन्न तहका व्यक्तिहरुले आ आफ्नो सुझाव दिनु भएको थियो भने यसरी आएका सुझाव सल्लाहहरुलाई सिरोपर गर्दै विगतमा देखिएक कमिकमजोरीहरुलाई सच्याएर जाने प्रतिबद्धता गाउँपालिकाका अध्यक्ष लगायतका सबै सरोकारवालाहरुको थियो । यस अवसरमा जुम्ला स्थित बसै मिडियाका साथीहरु पनि सहभागि हुन भएको थियो । यस कार्यक्रमको मुल उद्देश्य गाउँपालिकाका सम्पूर्ण गतिविधिहरुलाई पारदर्शी  बनाइ जनताको सु- सुचित हुन पाउने अधिकारको सुनिश्चितता गर्नु रहेको थियो । कार्यक्रममा सबै तह र तप्काका व्यक्तिवहरुको उल्लास मय सहभागिता रहेको थियो । 

आर्थिक वर्ष: